Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कांग्रेस नेता तथा पूर्व आईजीपी बोहराद्वारा पार्टी परित्याग

    कांग्रेस नेता तथा पूर्व आईजीपी बोहराद्वारा पार्टी परित्याग

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सदस्य तथा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै बोहराले पार्टी परित्याग गरेको बताएका हुन् ।



    प्रहरी सेवाको अवकासपश्चात नेपाली कांग्रेसको सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भएर काम गरे पनि अहिले नेपाली कांग्रेसले लिएका कदमले आफू सन्तुष्ट नभएको भन्दै पार्टी छोडेको जनाएका छन् ।



    उनले नेपालको राजनीतिक अवस्था, भ्रष्टाचारको विरोध गर्दै नेपाली कांग्रेसका नेताहरूले शक्तिमा रहँदा पटक पटक अनेक गलत र अपरिपक्व जनविरोधी कार्य गरेको आरोप लगाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ ‘देश संकटको भूमरीमा परेका वखत समेत नेपाली कांग्रेस मौन छ, त्यसो हुनाले अब यस पार्टीसँगको आवद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेपाली कांग्रेस पार्टी परित्याग गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु।’

    उनले अब आफू एक स्वतन्त्र नागरिकको हैसियतमा रहेर समाज सेवामा योगदान गर्ने प्रण समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार