Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई, भने – प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता गर्छु

    नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई, भने – प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता गर्छु

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री प्रचण्डले यूएईविरुद्ध शानदार जित निकालेकोमा नेपाली टोलीलाई शुभकामना तथा बधाइ दिएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’



    प्रधानमन्त्री प्रचण्डले विजेता खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका छन्।

    नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकालेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार