Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसीसी प्रिमियर कप : यूएई ११७ रनमा अलआउट

    एसीसी प्रिमियर कप : यूएई ११७ रनमा अलआउट

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 714
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित भएको छ ।

    ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको हो ।



    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा टस हारेपछि ब्याटिङमा आएको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।



    फाइनल खेल सोमबार सुरु भए पनि लगातार वर्षाका कारण खेल मंगलबारलाई सरेको थियो । सोमबार यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउदा वर्षा भएपछि खेल रोकिएको थियो ।

    मंगलबार सोही अवस्थाबाट खेल सुरु भए पनि यूएईले स्कोरबोर्डमा ११ रनमात्र थप्न सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार