Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुम्लाको लाली केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार दिउँसो भूकम्पको एउटा धक्का मापन गरिएको हो ।

दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको शनिबार बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077