काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको बाँकी रहेको फाइनल खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइने भएको छ।
आज भएको नेपाल र यूएईविरुद्धको खेल वर्षाका कारण स्थगित भएपछि मंगलबारका लागि सारिएको छ ।
उक्त खेल हेर्न दर्शकहरुलाई टिकन नचाहिने क्यानले जनाएको छ । बाँकी फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ ।
स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो ।
यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो । फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो ।
Leave a Reply