Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारले गरेका राम्रा काममाथि प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड

    सरकारले गरेका राम्रा काममाथि प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 624
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् ।

    अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारका राम्रा काममाथि प्रहार भइरहेको भन्दै सडकबाट गर्जिन आवश्यक रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले गर्न खोजेका प्रत्येक सकारात्मक पहल र निर्णयका विरुद्ध प्रहार भइरहेको छ । राष्ट्र र परिवर्तनका लागि लडेका र प्राण उत्सर्ग गरेका सबै सहिद हुनुपर्छ भन्दा प्रहार भयो।’



    प्रधानमन्त्री प्रचण्डले स्याल हुइया सहन नसकिने भन्दै मुलुकका लागि त्याग र बलिदान गर्नेहरूको सम्मान गर्नबाट पछि नहट्ने समेत बताए ।

    अव माओवादी नजाग्ने र नगर्जिने हो भने नकारात्मक वातावरण बनाएर सम्पूर्ण सहिदका त्याग र बलिदानलाई उल्ट्याउने षड्यन्त्र हुनसक्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले केही जटिलताका बीचबाट सरकार अघि बढिरहेको भन्दै सामाजिक न्याय, सुशासन र सम्मृद्धिलाई केन्द्रीत गरेर काम गर्ने घोषणा गरेको पनि बताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार