काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भएको हो ।
खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल रोकिएको छ ।
यो खेलको विजेता एसिया कपमा छनोट हुनेछ भने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।
वर्षाले दुई पटक खेल रोकिए पनि रंगशालामा पुगेका नेपाली समर्थकहरू भने छाता ओढेर भए पनि कुरिरहेका छन्।
Leave a Reply