काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले पुनः रोकिएको छ ।
नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रोपटक पानी परेपछि रोकिएको हो ।
पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो ।
खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ ।
नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।
Leave a Reply