काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलअन्तर्गत वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु भएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको १६औँ ओभर सकिँदा रोकिएको खेल अहिले सुरु भएको हो । टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने, यूएई ब्याटिङमा छ ।
यूएईले १६ ओभरको समाप्तिमा ६० रन जोडेर ५ विकेट गुमाइसकेको छ । आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।
खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।
Leave a Reply