काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ ।
सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ। सन्दीप लामिछानेले रोहान मुस्ताफालाई कुशल मल्लबाट २ रनमा क्याच गराए।
युएईले १३.१ ओभरमा ५ विकेटको क्षतिमा ५१ रन जोडेको छ। त्यसअघि नेपालका लागि ललितनारायण राजवंशीले चौथो सफलता दिलाए। उनले ९।१ ओभरमा रामेज शाहजादलाई १ रनमा आउट गरे।
यस्तै करण केसीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका आर्यन लक्रालाई १३ रनमा आउट गरे। अघिल्लो ओभरमा १२ रनमा ललितनारायण राजवंशीको बलमा भीम सार्कीले बाउन्ड्रीमा क्याच मिस गर्दा उनले जीवनदान पाएका थिए। करणले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराए।
यस्तै युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए। उनले ८ बलमा ११ रन जोडे।
Leave a Reply