Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार र महावीर पुनबीच आज पनि वार्ता हुँदै

    सरकार र महावीर पुनबीच आज पनि वार्ता हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 570
    SHARES

    काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदै छ ।

    आइतबार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेपनि लिखित रुपमा सहमति हुन सकेको छैन । आज दिउँसो साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ ।



    आइतबार मात्रै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग वार्ता गर्न सरकारले रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ ।



    ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ को माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रक्षामन्त्री खड्काको नेतृत्वमा समिति बनाएका हुन् । समितिमा मुख्यसचिव शंकरदास वैरागीलगायत सरकारी अधिकारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    वैज्ञानिक पुन नेतृत्वको टोलीले वैशाख १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना गरिरहेको छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारबाट अनिश्चितकालीन धर्ना उत्रिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार