Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • वर्षाले खेल रद्द भएसँगै ओमान बन्यो वरीयताका आधारमा तेस्रो

    वर्षाले खेल रद्द भएसँगै ओमान बन्यो वरीयताका आधारमा तेस्रो

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 786
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल पानी परेपछि रोकिएको छ ।

    प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।



    मैदान सुक्न समय भएपछि सुपर ओभर गर्न पनि नमिलेकाले समूह चरणमा गरेको प्रर्दशनका आधारमा ओमान तेस्रो घोषित भएको हो ।



    कुवेतले दिएको १३१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले विना विकेट ६ ओभरको समाप्तिमा ४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

    नेपाल र यूएईले यसअघि नै जुलाइमा हुने यो प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार