Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- उत्पादन र रोजगारलक्षित बजेट ल्याउँछौँ

    प्रधानमन्त्री प्रचण्ड भन्छन्- उत्पादन र रोजगारलक्षित बजेट ल्याउँछौँ

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेटमा कृषि उत्पादन र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई केन्द्रमा राखिने बताएका छन् ।

    आइतबार सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका हुन् ।



    उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने उनले बताए ।



    त्यस्तै,  लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्ने र नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

    भेटमा ६ वटा किसान संगठन आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिन भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार