Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महावीरको आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय आाविस्कार केन्द्रका संस्थापक महावीर पुनको धर्नामा डा. गोविन्द केसीले ऐक्यवद्धता जनाएका छन् ।

धर्ना बसेका पुनको मागलाई समर्थन गर्दै डा. केसीले आइतबार बिहान धर्नास्थल माइतीघर पुगेर समर्थन जनाएका हुन् ।

पुनको नेतृत्वको टोली अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबार दिउँसोदखि माइतीघर मण्डलामा अनिश्चितकालका लागि धर्ना बसिरहेका छन् ।

अहिलेसम्मका प्रधानमन्त्रीले आविष्कारका क्षेत्रलाई प्राथमिकता नदिएको पुनको आरोप छ। उनले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा एक प्रतिशत बजेट आविष्कारका क्षेत्रलाई बिनियोजन गरिनुपर्ने बताउदै आएका छन् ।

यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर उनको आन्दोलनमा समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077