Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको हो ।

यसबारेमा आज मेयर बालेन शाहले फेसबुक स्टाटसमार्फत् थप प्रष्ट पारे । उनले नगर शिक्षा नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ र २ ले विद्यालयको चिह्न षट्कोण हुनुपर्न् र नाम समाज तथा राष्ट्रकै लागि योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामअनुसार राख्नुपर्ने बताए ।

नयाँ नियम अनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ।

यस्तै, समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077