Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

    प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 504
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    शनिबार एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकामा प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई बधाई दिएका हुन् ।



    प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’



    कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि शनिबार नेपाल फाइनलमा पुगेको हो । नेपालले फाइनलमा अब यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

    फाइनललाई यूएईलाई पराजित गरेमा नेपाल एसिया कपका लागि छनोट हुने छ । उनले टोलीलाई सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता समेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार