काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट लिएका छन् ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् ।
केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरे ।
वर्षाका कारण अहिले खेल रोकिएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङ गरेको नेपालले कुवेत सामु २८१ लक्ष्य प्रस्तुत गरेको थियो। त्यसमा डिएलएस मेथडबाट २८१ रन लक्ष्य राखिएको थियो।
Leave a Reply