Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • फाइनल पुग्न नेपालले दियो कुवेतलाई २८२ रनको लक्ष्य

    फाइनल पुग्न नेपालले दियो कुवेतलाई २८२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 813
    SHARES

    काठमाडौं । नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको योगफल तयार गरकोे हो ।



    नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे।



    कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०।५ ओभरमा ७७ रनको साझेदारी भयो।

    भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार