Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • यूएईले दियो ओमानलाई २३७ रनको लक्ष्य

    यूएईले दियो ओमानलाई २३७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले ४९।२ ओभरमा अलआउट हुँदै २ सय ३६ रनको योगफल तयार पारेको हो ।



    यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा समान ४ चौका र छक्कासहित सर्वाधिक ४८ रनको इनिङ खेले । रमिज शहजाद ४६ रनमा आउट हुँदा, आर्यान लाक्राले २५ रन योगदान गरे ।



    जारि प्रतियोगितामा दुई शतक प्रहार गरेका भृत्य अर्विन्दले १८ रन जोडे । आसिफ खान र बासिल हमिदले समान ३४ रन जोड्दा, आर्यन अफजल खानले १० रन बनाए ।

    ओमानका बिलाल खानले ९.२ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । भने, जिसन मक्सुदले १० ओभरमा ३२ रन खर्चिएर ४ विकेछ लिए ।

    आर्यन खानले २ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल पानि परेका कारण अवरुद्ध भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार