काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा छोट्याइएको छ।
२३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि स्थगित खेलमा ५ ओभर घटाइएको हो। नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुने भएको छ ।
कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाई खेलिरहेको समयमा वर्षाले खेल अवरोध गरेको थियो । वर्षाका कारण बिहान १०.४५ मा खेल रोकिएको थियो ।
११।४५ मिनेटमा पिच छोपिएको कभर निकालिएपछि म्याच रेफ्री यूएईका इफ्तिखार अलीले खेल अब ४५र४५ ओभर हुने निर्णय गरेका थिए । एसिया कपको छनोटको आधार रहेको प्रतियोगिताको विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा खेल्न पाउने छ ।
Leave a Reply