काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले२० औं ओभरमा एक सय २५ रन पूरा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको खेलमा कुवेतका कप्तान मोहम्मद आस्लामले टस जितेर फिल्डिङ रोजेका थिए।
नेपालका लागि ओपनिङमा आएका कुशल ३९ बलमा सात चौका र एक छक्कासहित ४३ रन बनाएर अद्नान इद्रियसको बलमा यासिन पटेलको हातबाट क्याच भएका थिए।
कुशल आउट भएसँगै क्रिजमा उत्रिएका भीम सार्की एक रन बनाएर पभिलियन फर्केका छन्। चौथो बलमा उनी मोहम्मद अस्लमको बलमा सान्दारुवानको हाटबाट क्याच भए।
यस्तै, आसिफ शेख २८ बलमा एक चौका र तीन छक्कासहित ३१ रन जोडेर आउट भएसँगै नेपालले तेस्रो विकेट गुमाएको थियो। अहिले क्रिजमा भएका कप्ता रोहित पौडेल २३ तथा कुशल मल्ल २२ रन बनाएर खेलिरहेका छन्।
नेपालले १९ ओभरको समाप्तीमा तीन विकेट गुमाएर एक सय २५ रन बनाएको छ। नेपाली टिममा एक परिवर्तन भएको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईले गुल्शन झाको स्थानमा आज करण केसीलाई प्लेइङ ११ मा स्थान दिएका छन्।
आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
Leave a Reply