Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • फरार रहेका एमाले सांसद कोइरीको विदा अस्विकृत

    फरार रहेका एमाले सांसद कोइरीको विदा अस्विकृत

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विदा अस्विकृत भएको छ । शुक्रबार राति बसेको प्रतिनिधिसभा दोश्रो बैठकले एमालेका फरार सांसद कोइरीको विदा अस्विकृत गरेको हो ।

    सांसद कोइरीको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने बताइएको छ । दिउँसो बसेको संसद बैठकमा हत्या आरोप लागेर फरार रहेका सांसद कोइरीको विषयलाई लिएर विवाद भएको थियो ।



    बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले यो अधिवेशनभर संसद्मा अनुपस्थित भएका सांसदहरूको नाम सुनाएका थिए । एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा लगायतका सांसदहरुले विरोध जनाएका थिए ।



    सांसद खतिवडाले विरोध जनाएसँगै कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू उठेर विरोध गरेका थिए । सभामुखले फरार सांसद कोइरीको बारेमा बिरामी विदा लिएको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने माग समेत सांसदहरुले गरेका थिए ।

    कोइरीको ‘बिरामी बिदा’ विषयमा आगामी अधिवेशनमा निर्णय गर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकको अन्तिम दिन कोइरी बाहेकका सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी गराएका छन् ।

    पहिलो बैठकमा सभामुख घिमिरेले पेश गरेको प्रतिनिधि सभा सदस्य मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा स्वीकृत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार