Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महत र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    अर्थमन्त्री महत र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 573
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

    सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको हो ।



    त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।



    चीनबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

    चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै प्रयोग हुने विश्वास पनि राजदूत सोङले व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार