Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलको वैदेशिक उपचार यात्रा अस्वभाविक छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वभाविक र महंगो भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

लिङ्देनले राष्ट्रपति रामचन्द्र यादवलाई सरकारी खर्च र सुविधामा विदेश उपचार गर्न लगिएकोप्रति असन्तुष्टि प्रकट गरे ।

अध्यक्ष लिङ्देनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’

अध्यक्ष लिङ्देनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार यात्रा अस्वभाविक र महंगो बनेको बताए । आफूले अहिलेसम्म राज्यबाट कुनै उपचार खर्च नलिएको र भविष्यमा पनि नलिने उनले घोषणा गरे ।

त्यस्तै अध्यक्ष लिङ्देनले अयोग्य लडाकुलाई पैसाको साटो स्वास्थ्य उपचारमा सुविधा, सीप र रोजगारी दिन सरकारलाई सुझाव दिए । राज्यले उच्चपदस्थको स्वास्थ्योपचारका विषयमा नीति बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077