काठमाडौं । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवासंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
लडाकुका नाममा सरकारले पैसा बाँड्ने नहुने भन्दै युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले शुक्रबार बिहान अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघले देशको अर्थतन्त्र उकास्न लगानी गर्नुको सट्टा उल्टै सरकारले १८ बर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गर्नु गलत भएको आरोप लगाएको छ।
त्यस्तै, देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग समेत पेस गरेको छ ।
अर्थमन्त्री महतले भने सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे अर्थ मन्त्रालयबाट हालसम्म कुनै निर्णय नभएको बताए।
Leave a Reply