Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए शपथ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 618
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।



    प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।



    चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् ।

    शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।

    सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीकोे शपथ लिएका छन् ।

    मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार