Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको परीक्षण उडान

काठमाडौं। गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको छ । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा नाइन एन एबिटी कल साइन रहेको जहाजले परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट ५० मिनेटको दुरीमा रहेको रेसुङ्गा विमास्थलको परीक्षण उडानको रिपोर्ट निगमलाई बुझाएपछि नियमित उडानको प्रक्रिया अगाडि बढ्नेछ

रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ ।

नगरपालिकाले गरेको सम्झौता अनुसार अब नियमित उडान गर्ने रेसुङ्गा ननगरपालिका नगरप्रमख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय भित्रै हुनसक्ने पन्थीले बताए । विमानस्थलमा गत पुस २४ गते तारा एयरको १८ सिट क्षमताको जहाजले पनि सफल उडान गरेको थियो ।

रेसुङ्गा विमानस्थलको धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा हालसम्म निर्माणमा ३५ करोड खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077