Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

चौधरीले बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । २७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३(३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक(एक सांसदको समर्थन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077