Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरद्धारा कोत: धुकु पेट्रोल पम्प सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको कोत:धुकु पेट्रोल पम्प सिल गरेको छ ।

मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेको हो ।

महानगरको नगर प्रहरीले आज मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।

महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो।

सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077