Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • करेन्ट लागेर मोरङमा ४० वर्षीय भुटाईको मृत्यु

    करेन्ट लागेर मोरङमा ४० वर्षीय भुटाईको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 588
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङमा करेन्ट लागेर बुधबार राति एकजना पुरुषको मृत्यु भएको छ ।

    मोरङको कानेपोखरी गाउँपालिका–२ ओझा टोलमा करेन्ट लागेर ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको हो ।



    घरको कोठाभित्र विद्युत प्रवाह भइरहेको बिजुलीको नांगो तार मुखमा लगाउँदा केवरतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



    करेन्ट लागेर आफ्नै घरभित्र राति ८:३० बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको छ ।

    सुस्त मनस्थितिका केवरतले बिजुलीको नांगो तार आफ्नो मुखभित्र लगाउनुको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार