Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सरकार गठनका लागि लुम्बिनीमा दाबी पेश हुँदै, कांग्रेसका चौधरी मुख्यमन्त्री बन्ने

    सरकार गठनका लागि लुम्बिनीमा दाबी पेश हुँदै, कांग्रेसका चौधरी मुख्यमन्त्री बन्ने

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 627
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश हुँदै छ ।

    लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्न लागेको हो ।



    गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने लिखित सहमति गरेर पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।



    गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।

    केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए ।

    त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्ने समय दिएका छन् । त्यही समयसीमा अनुसार सत्ता गठबन्धनका ८ दलले बुधबार पनि छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार