Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आर्थिक संकटका बेला लडाकुका नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुँदैन : शेखर कोइराला

    आर्थिक संकटका बेला लडाकुका नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुँदैन : शेखर कोइराला

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अयोग्य लडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने बताएका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् चरम आर्थिक संकटोन्मुख रहेका बेला सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन् ।

    उनले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आएको यस विषम परिस्थितिमा माओवादी नेतृत्वले आप्mना कार्यकर्तालाई अयोग्य लडाकूका नाममा पैसा बाँड्न नहुने बताएका हुन् ।



    उनले माओवादी नेतृत्वको सरकारले यस किसिमको निर्णयको विरोध गर्न सबैलाई आग्रह समेत गरेका छन् ।



    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।

    उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।

    https://www.facebook.com/DrShekharKoirala/posts/774076340782866

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार