Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • मोरङबाट १ सय २० किलो गाँजासहित स्कोरपिओ बरामद

    मोरङबाट १ सय २० किलो गाँजासहित स्कोरपिओ बरामद

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 762
    SHARES

    मोरङ । सशस्त्र प्रहरीले मोरङबाट बुधबार १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ।

    सशस्त्र प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका नोवेल डेरी चोक ईलाकाबाट ठूलो परिणामको लागूऔषध गाँजा बरामद गरेको हो।



    भारतीय स्कोरपिओमा राखेर भारततिर नै लैजाँदै गरेको १ सय २० किलो गाँजा बुधबार बिहानका राति २ः२० बजेतिर सशस्त्र प्रहरीले विराटनगर-१ बाट बरामद गरेको छ।



    गाँजा बोकेर बीआर ११ भी ७६४५ नम्बरको स्कोरपिओ इटहरीबाट विराटनगरतर्फ आइरहेको सूचना पाएलगत्तै नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सुरुमा उक्त स्कोरपिओलाई मोरङको बूढीगंगा गाउँपालिका-१ मा रोक्न खोजेको थियो। सशस्त्रको ‘चेक प्वाइन्ट’ छलेर भागेको स्कोरपिओलाई विराटनगर-१ स्थित नोबेल डेरी चोकबाट नियन्त्रणमा लिइएको हो।

    सशस्त्रलाई देख्नासाथ गाडी छाडेर चालक फरार बनेका थिए। स्कोरपिओ नियन्त्रणमा लिएर खानतलासी गर्दा प्लाष्टिकमा प्याक गरिएको गाँजा बरामद भएको सशस्त्रले जनाएको छ।

    बरामद भएको स्कोरपिओसहित गाँजा आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार