काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि जापानका राजदूत किकुता यूताकाबीच भेटवार्ता भएको छ।
राजदूत यूताका परराष्ट्रमन्त्री साउदलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए।
भेटका क्रममा राजदूत यूताकाले जापानका विदेशमन्त्री हायासी योशिमासाले पठाएको बधाइ सन्देश परराष्ट्रमन्त्री साउदलाई दिएका थिए।
भेटका क्रममा उनीहरुबीच नेपाल-जापान सम्बन्ध, आपसी सहयोगलगायत विषयमा छलफल भएको बताईएको छ।
Leave a Reply