काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा प्रवेश गरेको छ भने यूएईसँगको हारपछि बहराइन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
बहराइनले प्रस्तुत गरेको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा दुई विकेट गुमाएर भेटायो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइन ४०.५ ओभरमा ११६ रनमै समेटिएपछि यूएईले सेमिफाइनल प्रवेशका लागि ११७ रनको झिनो लक्ष्य पाएको थियो ।
भोलि (बिहीबार) हुने हङकङ र कुवेतबीचको खेलपछि यो समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
Leave a Reply