काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच बुधबार प्रधानमन्त्री निवासमा भेट भएको हो ।
उक्त भेटका क्रममा उनीहरूबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको बताईएको छ ।
अध्यक्ष तिमिल्सिनाले हालै आफूले गरेको रूस भ्रमणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
Leave a Reply