Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विखण्डनवादको बीज रोप्नेहरू निर्वाचनमा परास्त भए : उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको बताएका छन् ।

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा निर्वाचि भएपछि अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरे ।

अध्यक्ष यादवले भने, ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ रु नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’

अध्यक्ष यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताए।

उनले जनमत पार्टीका उम्मेदवारले दोस्रो लोकप्रिय मत प्राप्त गरे पनि त्यो जनमत पार्टी एक्लैको मत नभएको पनि दाबी गरे । उनले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा पनि आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077