Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा–२ मा उपेन्द्रको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

बारा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअनर्गत जारी मतगणनामा बारा २ मा जनता समाजवादी पार्टी जसपा का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

मंगलबार राति ८ बजेको मतपरिणाम अनुसार यादवले २२ हजार ९६ मत पाएका छन्।

त्यस्तै उनलाई पछ्याइरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्।

यादव कुशवाहाभन्दा २ हजार ८१७ मतले अगाडि छन्। त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ३५४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६०० मत पाएका छन्।

आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ३०८ मत पाएका छन्। बारा-२ मा ६८ हजार ८८७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077