Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले परिणामलाई स्वीकार्दै सच्चिन जरूरी छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मतदाताको भावनाअनुसार अघि नबढेकै कारण उपनिर्वाचनको नतिजा कांग्रेसका लागि कमजोर आएको बताएका छन्।

नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेता कोइरालाले उपनिर्वाचनमा कांग्रेसले सहेको हारको दोष कुनै एक जनामाथि मात्रै थोपर्न नमिल्ने बताए ।

उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरूरी रहेको उनको भनाई छ ।

नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए।

नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077