Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामाजिक सञ्जालमा कांग्रेसमाथि थेग्नै नसक्ने गरी आक्रमण भयो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भएको बताए ।

थेग्नै नसक्ने गरी नेपाली कांग्रेसमाथि आक्रमण भएको सभापति देउवाले बताए । दुई दिन सांसदको राय लिनका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाइएको थियो ।

सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको सभापति देउवाले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077