Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, १४ गतेसम्मको म्याद

    गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, १४ गतेसम्मको म्याद

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 597
    SHARES

    पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

    मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख गुरुङले आह्वान गरेका हुन् ।



    प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।



    प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका छन् ।

    ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार