Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थगित बारा-२ को मतगणना पुनः सुरु

बारा। विवादपछि स्थगित बारा क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद सृजना भएपछि मतगणना स्थगित भएको हो ।

मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।

उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको छ। सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए ।

त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहा पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।

बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् ।

हालसम्मको गणनामा अध्यक्ष यादवले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077