Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरको निर्देशन- १५ दिनभित्र अव्यवस्थित तार हटाउनू

काठमाडौं । सडकमा अव्यस्थित तार हटाउन काठमाडौं महानगरपालिकाले सम्बन्धित कार्यालय तथा संघसंस्थालाई निर्देशन दिएको छ।

मंगलबार एक सूचना प्रकाशित गरी महानगरपालिकाले सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल-पोलमा राखेका तारका मुठा आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिह्न लगाउन निर्देशन दिएको छ ।

अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077