Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन -२ मा रविले कटाए ५० हजार मत

काठमाडौं । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

उनले ५० हजार २९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् । उनीहरुबीच ४० हजार ८६३ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077