Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन–२ मा रवि लामिछानेको जित सुनिश्चित, जीतनारायण भन्दा ३५,११४ मतले अगाडि

चितवन । प्रतिनिधि सभा सदस्यका लागि चितवन २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको अग्रता धेरै भएकोले उनको जित सुनिश्चित भइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा लामिछानेले ४३ हजार १०१ मत पाएका छन् । त्यसैगरी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ७ हजार ९५२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । तयस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन् ।

अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३५ हजार ११४ मतको फराकिलो मतान्तर कायम गरे ।

तीन पालिका रहेको चितवन–२ मा इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ । यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याए ।

कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आयो ।

दुई पालिकाको अन्तिम मत परिणाम आउँदा लामिछाने एक्लैलाई ७२ प्रतिशत मत गएको छ । अब कालिका नगरपालिकाको मत गणना सकिए लगत्तै लामिछाने विजयी भएको औपचारिक घोषणा हुने छ । मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी हुँदै गर्दा ५९ प्रतिशतको हाराहारीमा मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077