Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ-१ मा रास्वपा उम्मेदवार वाग्लेको अग्रता कायमै

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।

सोमबार राति १०:३२ बजे सार्वजनिक मतपरिणामअनुसार वाग्लेले २६ हजार ८ सय २७ मत प्राप्त गरेका हुन् ।

प्राप्त पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले २६ हजार ८ सय २७ मत पाएका छन् । ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत को कार्यालयले जनाएको छ ।

५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ र नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार २ सय ८९ मत प्राप्त गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077