Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलिदेखि राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर उठ्ने

काठमाडौं । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ ।

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले गरेको आदेशको पत्र काठमाडौं महानगरपालिकामा पुगेसँगै फोहोर उठाईने भएको हो ।

आज परिवर्तन सेवा कम्पनीले १६ दिनपछि सिंहदरबारभित्र थुप्रिएको २५ टन फोहोर उठाइएको छ ।

मेयर बालेन्द्र साह (बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठाईएको थिएन ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077