Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘ए’ डिभिजन लिगमा खुमलटारमाथि एपीएफको सहज जित

    ‘ए’ डिभिजन लिगमा खुमलटारमाथि एपीएफको सहज जित

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 621
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’  डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एपीएफले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    एपीएफको जितमा अबडोउ रमानी र अरमान बीडोउमले एक एक गोल गरेका थिए ।



    जारी लिगमा एपीएफको यो पाँचौं जित हो । जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोड्दै लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।

    खुमलटार भने १२ खेलमा १३ अंकका साथ लिगको ११ औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार