Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

तीन दलका शीर्ष नेताबीच बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा चलिरहेको छ ।

भेटवार्तामा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्।

भेटमा प्रधानन्यायाधीशको सिफारिस, संसदीय समिति गठन, टिआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077