Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ १ मा रास्वपाका उम्मेदवार वाग्ले ५७ सय मतान्तरले अगाडि

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा  २७ हजार ४४ मत गणना सकिएको छ ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १३ हजार मत कटाएका छन् ।

वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३७ मत प्राप्त गरेका छन् ।

अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ५७१३ रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077